+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार नगरपालिकाले जग्गाकाे बर्गीकरण गरि खुलायाे कित्ताकाट !

4KNationalDaily
२०८० जेष्ठ २९, सोमबार १७:१६ बजे

पालुङटार- पालुङटार नगरपालिकाले जग्गाकाे बर्गीकरण गरि कित्ताकाट खुलाएकाे छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि लागुहुने गरि जग्गाकाे कित्ताकाट खुलाएकाे हाे ।

भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावभान अनुसार नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण गरि स्थानीय भूउपयोग परिषद्को २०८० बैशाख २० गतेको बैठकबाट सवीकृत गरेर जग्गाकाे बर्गिकरण गरेकाे हाे ।

https://www.facebook.com/palikalivenp/videos/1202929147770499

नगरपालिकाले विभिन्न १० भागमा भूउपयोग क्षेत्रमा वर्गीकरण गर्दैं जग्गा कित्ताकाट खुलाएकाे नगर प्रमुख बिबश चिन्तनले बताए । संघिय सरकारले जग्गाको कित्ताकाट गर्ने अधिकार स्थानीय तहलाई दिदैं २०७९ जेष्ट २३ गतेदेखि बन्द गरेकाे थियाे ।

पालुङटारमा जग्गा कित्ताकाट खाेलेपछि राजश्वमासमेत बृद्वि हुने नगरपालिकाले अनुमान गरेकाे छ ।

@palikalivenp

पालुङटार नगरपालिकाले जग्गाकाे बर्गीकरण गरि खुलायाे कित्ताकाट !

♬ original sound – Palika Live – Palika Live

गाेरखाका ११ स्थानीय तहमा पालुङटारले सबैभन्दा पहिलाे र गण्डकी प्रदेशकाे दाेस्राेमा जग्गाकाे बर्गिकरण गरेकाे हाे । प्रदेशमा सुन्दरबजार नगरपालिका, लमजुङले जग्गाकाे बर्गिकरण गरेकाे थियाे ।

नगरपालिकालाई स्मार्ट पालिका निर्माण गर्ने भन्दै ‘स्मार्ट पालुङटार’ बनाउने अभियानमा सहज हुने उद्देश्यले जग्गाकाे बर्गिकरण गरि कित्ताकाटसमेत खुलाएको मेयर चिन्तनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily