+
Search

ताजा अपडेट +

पपुलर +

नागरिकता विधेयकमा अदालतले छिटो निर्णय गरिदिनुपर्छ : गृहमन्त्री श्रेष्ठ

4KNationalDaily
२०८० जेष्ठ ३१, बुधबार १४:५५ बजे

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नागरिकता विधेयकमा अदालतले छिटो निर्णय गरिदिनुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई नागरिकता दिन सरकार प्रतिवद्ध रहेको बताए ।

तर, यो विषय अहिले सर्वोच्च अदालतमा पुगेको भन्दै उनले भने, ‘कि त अदालतले स्टेअर्डरको निर्णय लम्ब्याउने नभइ टुंग्याउनुपर्छ, हामी अर्को विधेयक ल्याएर कानुन बनाउँछौं । कि अदालतले प्रमाणीकरण सही छ, अब यही आधारमा यही कानून भयो भन्नुपर्छ ।’

अदालतले छिटै आवश्यक निर्णय गर्नेमा सरकार आशावादी रहेको उनले बताए ।

संघीय संसदका दुवै सदनले पास गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत होल्ड गरेकी थिइन् ।

पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेका थिए । तर सर्वोच्च अदालतले यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily