+
Search

ताजा अपडेट +

पपुलर +

अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र आयोजनामा गण्डकी प्रदेश सरकारको दाबी

4KNationalDaily
२०८० जेष्ठ ३१, बुधबार २१:२६ बजे

गाेरखा- गण्डकी प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजनामा आफ्नो दाबी प्रस्तुत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रममार्फत् प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने उल्लेख छ ।

अहिले संघीय सरकारको वन मन्त्रालय मातहतकै संयन्त्रबाट सञ्चालनमा रहेका यी आयोजनामा प्रदेशले दाबी गरेको हो ।

प्रदेश सरकारले पोखरास्थित पुरानो विमानस्थललाई समेत आफू मातहत ल्याउन संघीय सरकारसँग समन्वय गर्ने बताएको छ ।

यो विमानस्थल प्रदेश सरकारको मातहत ल्याएर संरक्षण, सम्वर्द्धन र उपयोग गर्ने प्रदेश सरकारको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily