पोखरा– गण्डकी प्रदेश सरकारले बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीलाई प्रोत्साहन गर्ने भएको छ।
गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीको लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजना गरेको जानकारी गराएका हुन्।
बजेटले शीतभण्डार स्थापनालाई प्रोत्साहन गर्न ४ करोड ५० लाख रुपैयाा अनुदान घोषणा गरेको छ।
कृषि,पशुपंक्षी तथा खाद्य विकास कार्यक्रम संचालन गर्दै उत्पादनमा आधारित अनुदानको लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री आलेले बताए।
‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने नारासहित उत्पादकत्व बढाउन विविध कार्यक्रम संचालन गरिने पनि उनले घोषणा गरे।
प्रतिक्रिया