+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच विद्युतीय सवारीमा लगानी सम्झौता

4KNationalDaily
२०८० असार २, शनिबार १२:२५ बजे

काठमाडौँ– प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily