+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला आयल निगम ?

4KNationalDaily
२०८० असार २, शनिबार १२:२९ बजे

काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ ।

पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैको मुल्यसूची आउने भएपनि १६ तारिकमा भने पेट्रोल र डिजेलको मात्र मूल्य समायोजन भएर आउने गरेको छ ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily