+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइज बैंकसँग मर्जर प्रस्ताव पारित

4KNationalDaily
२०८० असार ४, सोमबार ०८:४२ बजे

काठमाडौँ- लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ।

सनराइज बैंकको १५ औं साधारणसभा सम्पन्न, लक्ष्मी बैंकसँग मर्जर गर्ने प्रस्ताव पारित

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily