काठमाडौं– सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा नेसपा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी छैनन् ।
कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।
सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/2023/06/समाजवादी-मोर्चा-नेपालको-सहमति–पत्र.pdf” title=”समाजवादी मोर्चा , नेपालको सहमति–पत्र”]
प्रतिक्रिया