+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकको नवलपरासीको दलदलेमा शाखा, देशभरी सञ्जाल १२६ पुग्यो

4KNationalDaily
२०८० असार ४, सोमबार १७:४२ बजे

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा शाखा खोलेको छ। बैंकको यो १२६औं शाखा हो।

शाखाको उद्‍घाटन देवचुली नगरपालिका-१३ का वडाध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन्।

उद्‍घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ देवचुली नगरका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतमका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

वडाध्यक्ष पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily