+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार नगरपालिकाकाे बजेट ८३ कराेड ८७ लाख [पूर्णपाठ]

4KNationalDaily
२०८० असार ८, शुक्रबार १५:३६ बजे

गोरखा– पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाखको बजेट ल्याएको छ ।

नगर उपप्रमुख वन्दना पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बजेटमा अघिल्ला वर्षका अधुरा योजनाका साथै केही नयाँ योजनाका साथ बजेट ल्याएकाे हाे ।

नगरपालिकालाई नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १६ करोड ८९ लाख, सशर्त अनुदान ३८ करोड ७९ लाख, राजस्व बाँडफाँड प्रशासनिक प्रकृतिको खर्चको लागी ८ करोड २५ लाख रहने नगरपालिकाले अनुमान गरेकाे छ ।

नगरले संघ सरकारबाट समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड १५ लाख हुने अनुमान गरेको छ ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २ करोड ५३ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान ३० लाख र राजश्व बाँडफाँड र सवारी साधन करमा १ करोड ४४ हजार हुने अनुमान गरिएको छ ।

नगरपालिकामा आगामी आर्थिक वर्षमा आन्तरिक रूपमा हुने आम्दानीको समेत अनुमान गरिएको छ ।

जसमा, आन्तरिक आय ३ करोड ५५ लाख, आन्तरिक आल्य ४ करोड ९ लाख, घर जग्गा रजिस्ट्रेसनबाट ९० लाख र सडक बोर्ड नेपालबाट ६५ लाखको अनुमान गरिएको छ

‘किसानका गरा, सधैँ हराभरा’को नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले यो योजनाका लागि करिब १ करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउन ‘नगर गौरव’को योजनाकाका करिब एक करोड बजेट राखेको नगरपालिकाले सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार कार्यक्रमका लागि २७ लाख, उद्योग,रोजगार तथा व्यवसायका लागि १ करोड २७ लाख, पर्यटन विकासका लागि ४५ लाख बजेट दिएको छ ।

शिक्षाका लागि २९ करोड, आधारभूत स्वास्थ्यका विभिन्न योजनाका लागि १४ करोड, खानेपानी तथा सरसफाइका लागि एक करोड, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लक्षित वर्ग तथा सामाजिक समावेशीकरणका लागि ४० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, युवा, खेलकुद, साहित्य, कला , संस्कृतिका लागि १० लाख, भौतिक पूर्वाधार विकास अन्त्रगतकाे सडक तथा यातायातका लागि ४ करोड ३० लाख, सिँचाइका लागि १ करोड, आवास तथा सहरी विकासका लागि ६ करोड, विद्युत् तथा वैकल्पिक ऊर्जाका लागि १८ लाख बजेट विनियोजन गरेको छ ।

३० लाख रुपैयाँ सूचना तथा सञ्चारका लागि विनियोजन गरेको नगरले वन तथा वातावरणतर्फ ५ लाख, भूमि तथा जलाधार व्यवस्थापनतर्फ २ करोड २५ लाख दिएको छ ।

सुशासन तथा संस्थागत क्षमता विकास तर्फ १ करोड बजेट विनियोजन गरेको नगरपालिकाले २३ करोड ६२ लाख बजेट विनियोजन गरेको छ ।

समाजवाद आधार निर्माणको अभियान, सुन्दर र समृबृद पालुङटार हाम्रो शानको नारा तय गरेको पालुङटारले बजेट कार्यान्वयनबाट सडक स्तरोन्नति, उत्पादन र उत्पादकत्व सकारात्मक विकास हुने लक्ष्य लिइएको छ ।

पूर्णपाठ

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/2023/06/Palungtar-Buget-1.pdf” title=”Palungtar Buget”]

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily