+
Search

ताजा अपडेट +

पपुलर +

सहिद लखन गाउँपालिकाको बजेट ६३ करोड २० लाख

4KNationalDaily
२०८० असार ९, शनिबार १९:२२ बजे

गोरखा- सहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६३ करोड २० लाखको बजेट ल्याएको छ । बिहीबार भएको तेहौं गाउँसभाले बजेट ल्याएको हो ।

गाउँसभामा उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गरेको विनियोजन विधेयकसहित बजेट सभाबाट पारित भएको हो।

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट झन्डै एक करोड कम ल्याएको पालिकाले संघ, प्रदेश र आन्तरिक स्रोतका आधारमा बजेट ल्याएको हो ।

पालिकालाई संघ सरकारमार्फत १४ करोड १२ लाख, सशर्त अनुदानमार्फत २४ करोड २८ लाख, प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ६ लाख रहेको पालिकाले जनाएको छ ।

१ करोड ५८ लाख आर्थिक विकास क्षेत्रमा बजेट विनियोजन गरेको पालिकाले सामाजिक विकासका लागि ५ करोड ५५ लाख, पूर्वाधार विकासमा १३ करोड ३६ लाख र कार्यालय सञ्चालनमा १२ करोड २३ लाख खर्च हुने अनुमान गरेको छ ।

शिक्षक स्वयंसेवक व्यवस्थापनमा ७८ लाख, मानसिक रोगको समस्या पहिचान तथा भएकोलाई निःशुल्क औषधी उपलब्ध गराउनका लागि १४ लाख र जग्गा वर्गीकरणका लागि २० लाख विनियोजन गरेको छ ।

नाम्जुङ हुँदै गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रेका लागि २ करोड ५० लाख बजेट छुटाएको छ ।

बिहीबार नै पालिका अध्यक्ष रमेश थापामगरले नीति तथा कार्यक्रम प्रस्तृत गरेका थिए ।

एक वडा एक नर्सरी, एक गाउँ एक उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम ल्याएको पालिकाले दिगो विकासका लागि कृषि उत्पादन वृद्धि, पालिकालाई मासु दुःध र अण्डामा आत्मनिर्भर बनाउन पशुपालन, घरेलु तथा साना उद्योग मार्फत रोजगारीको सृजनामा जोड दिएको छ ।

‘उत्पादन र उत्पादकत्वमा जोड दिऔँ आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ कृषिजन्य वस्तुहरूका उत्पादनमा जोड दिने नीति पालिकाले तय गरेको छ ।

सहिद लखन गाउँपालिकाको नीति तथा कार्यक्रम : एक वडा एक नर्सरी, एक गाउँ एक उत्पादन

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily