+
Search

ताजा अपडेट +

पपुलर +

पाँच वर्ष यो गठबन्धन तलमाथि हुँदैन, सरकार पनि टिक्छ : प्रधानमन्त्री प्रचण्ड

4KNationalDaily
२०८० असार ११, सोमबार १५:१० बजे

धादिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्मै जाने बताएका छन्।

धादिङको गजुरी-१ स्थित आदर्श बहुमुखी क्याम्पसको भवन सोमबार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्।

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ’, उनले भने, ‘पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन। यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

विकासको नयाँ युगतिर देश जाने जिकिर गरे।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफुले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो ।

आफुले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily