+
Search

ताजा अपडेट +

पपुलर +

नेतालाई बालेनको व्यङ्ग्य : वर्षभरि धान रोपिदिए भारतको गुलाम हुनुपर्दैन

4KNationalDaily
२०८० असार १६, शनिबार ११:०५ बजे

काठमाडौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेताहरूलाई पुन ‘भारतको गुलाम’ को संज्ञा दिएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत् बालेनले यस्तो बताएका हुन्।

उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने पनि बताएका छन् । ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’, बालेनले फेसबुकमा लेखेका छन्।

२०औँ धान दिवसको अवसरमा शुक्रकार विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए । सोही प्रसंगलाई जोडेर बालेनको यस्तो भनाइ आएको हो। बालेनले नेतालक्षित कटाक्ष गर्दै आइरहेका छन्।

पत्नी राधिका शाक्यसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र रास्वपाका अन्य सांसदहरू, कृषिमन्त्री वेदुराम भुसाललगायत नेताहरू असार १५ मनाउन किसानका खेतमा गएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily