काठमाडौं– नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज सोमबार असार १८ गते अन्तिम दिन हो ।
यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा सीआइटीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
प्रतिक्रिया