काठमाडौँ– एनएमबी बैंकले आफ्ना ग्राहकहरूका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ।
अफरमा ग्राहकहरूले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्।
चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ।
सो अफर श्रावण मसान्त सम्म लागू हुने कम्पनीले जनाएको छ।
साथै एनएमबी बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ।
एनएमबी बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।
एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया