+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी गाउँपालिकाले भन्याे : ‘विकासबाट अत्तालिएकाहरूले राजनीतिक प्रतिशोध साध्न खोजे’

4KNationalDaily
२०८० असार २६, मंगलवार ०८:५७ बजे

गोरखा– गण्डकी गाउँपालिकाले अख्तियारमा उजुरी परेको विषयमा सत्य तथ्य सार्वजनिक गरेको छ।

सोमवार एक विज्ञप्ति जारी गर्दै पालिकाले उक्त उजुरीमा गरिएको हरेक प्रश्नको जवाफ दिँदै सत्य सार्वजनिक गरेको हो।

पालिकाले स्पष्ट बहुमत पाएको स्थानीय सरकारलाई राजनीतिक प्रतिशोध साध्ने हिसाबले उजुरी गरिएको समेत उल्लेख गरेको छ ।

‘समृद्ध गाउँपालिका निर्माणको एजेन्डा बोकेर खटिएका जनप्रतिनिधि तथा कर्मचारीको कार्यकौशलता माथि नै ठाडो चुनौती दिँदै मनोबल गिराउने काम भएको छ’, विज्ञप्तिमा भनिएको छ।

तथ्यहीन कुराहरू समेटेर एक ढिक्का भएर अगाडि बढिरहेको जनप्रतिनिधि एव कर्मचारी टोलीलाई बाधा अड्चन गर्ने मनसायले भ्रम पैदा गरेर यस सरकारको सार्वजनिक प्रतिष्ठा माथि आँच ल्याउने चेष्टाले उक्त कार्य गरिएको उल्लेख गर्दै यी उजुरीले गाउँपालिका परिवारलाई थप परिष्कृत एवम् एव द्रुत गतिको विकास निर्माणका कार्यमा अग्रसर हुने ऊर्जा मिलेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily