+
Search

ताजा अपडेट +

पपुलर +

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

4KNationalDaily
२०८० असार ३१, आईतवार २२:२९ बजे

काठमाडौं– मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए ।

प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए । सांसदहरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।

मिटरब्याजलाई अनुचित लेनदेन मानेर कानुनी कारबाही गर्ने बाटो खोल्दै सरकारले २० वैशाखमा अध्यादेश ल्याएको थियो । चार दिनपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक राष्ट्रिय सभामा पेश भयो । संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक २० असारभित्र पारित गरिसक्नुपर्ने थियो ।

२० असारमा पारित गर्ने कार्यसूची पनि थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले संसद अवरुद्ध गरेपछि अध्यादेश निष्क्रय भएकाे थियाे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily