+
Search

ताजा अपडेट +

पपुलर +

१४० यात्रु बोकेर उडिरहेको एयर इन्डियाको विमानमा जब मोबाइल पड्कियो…

4KNationalDaily
२०८० श्रावण १, सोमबार १८:५१ बजे

काठमाडौँ– सोमबार एयर इन्डियाको विमान उडिरहेका बेला यात्रुको मोबाइल विस्फोट भएपछि आकस्मिक अवतरण गरिएको छ।

दैनिक भास्करका अनुसार उडानलाई तत्कालै उदयपुरमा आकस्मिक अवतरण गराइएको हो।

विमानमा करिब १४० यात्रु सवार थिए।। घटनामा यात्रु घाइते भए वा भएन भन्ने खुल्न सकेको छैन।

जानकारीका अनुसार फ्लाइट ४७० दिउँसो डाबोकस्थित महाराणा प्रताप विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको थियो।

करिब १० मिनेटपछि एकजना यात्रुको मोबाइल विस्फोट भयो।

यो देखेर विमानमा रहेका सबै यात्रु डराए।

यसैबीच डबोक विमानस्थलमा विमानको आकस्मिक अवतरण गराइयो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily