काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री भएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले आफूलाई जहाँ भेट्यो त्यहीँ मार्छु भन्दै हिँडेकोे आरोप लगाएका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले जहाँ भेटेपनि रिभल्बरले आफूलाई मार्छु भन्दै हिँडेको आरोप लगाएका हुन्।
भिडिओ
https://www.facebook.com/palikalivenp/videos/658302956216385
खरेल पछि आफूसँग खुट्टा समाएर माफी माग्न आएको पनि उनले बताएका छन्।
‘त्यसबेला यी रमेश खरेल भन्नेले भन्दै हिँडेका थिए, वामदेवलाई जहाँ भेटेपनि यो रिभल्बरले मार्छु भनेर भन्दै हिँडेका थिए। तीनै रमेश खरेल हुन पछि आएर मेरो खुट्टा समाएर मैले गल्ती गरेँ भन्न थाले,’ उनले भनेका छन्, ‘मैले खुट्टा झिकेर उठाएर अकंमाल गरेको थिएँ। त्यसकारण वामदेवले यस्तो गरे भनेर भन्ने प्रमाणहीन, तथ्यहीन काम कसैले पनि गर्न हुँदैन।’
खरेलले आफूविरुद्ध चरित्र हत्या गर्ने काम गरेको गौतमले बताए।
‘रमेश खरेलले मेरो चरित्र हत्या गर्नेबाहेक केही गर्नुभएको छैन। सबै कुरा बताएको छु, मलाई त्यसबेला रमेश खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आईजीपी बनाउन बाध्य बनाइएको थियो,’ उनले भने, ‘मैले त्यही काम गरेँ, जुन मलाई पार्टीका नेताहरूले निर्देशन दिनुभएको थियो।’
भिडिओ
प्रतिक्रिया