+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीतिलाई सेयर बजारको ‘भव्य’ स्वागत, ६३ अंकले बढ्यो

4KNationalDaily
२०८० श्रावण ७, आईतवार १६:२४ बजे

काठमाडौँ- मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजार उत्साहित भएको छ। आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ। जसमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो।

सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशले बढेको हो। त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ।

नेप्सेको मापक पनि बढेर २२ कटेर २२२७ मा कायम भएको छ। आइतबार सबैभन्दा धेरै बैंकिङ उपसमूह बढेको छ। जस अन्तर्गत विकास बैंक १९५ अंङ्क, बैंकिङ ६५ अङ्कले बढेको छ।

यस्तै, होटल तथा पर्यटन क्षेत्र १७७ अङ्कले बढेको छ। निर्जीवन बीमा १५८, जीवन बीमा १२५, व्यापार १२१ अङ्कले बढेको छ।

१९९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य भने घटेको छ। त्यस्तै, कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब ३७ करोड माथीको करोबार भएको छ।

आज किसान लघुवित्त, र चन्दागीरी हिल्सको मूल्य समान १० प्रतिशतले बढेको छ। त्यस्तै, लिबर्टी इनर्जी, स्वारोजगार, ग्लोबल आईएमईको मूल्य पनि क्रमश: ९.९७, ९.८९ र ९.३२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily