+
Search

ताजा अपडेट +

पपुलर +

संघमा दुईवटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौं : अध्यक्ष लिङदेन

4KNationalDaily
२०८० श्रावण ११, बिहीबार १९:४० बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन्।

कृषकलाई प्रोत्साहन गर्न शैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताए।

‘नेपालजस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ। यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ,’ उनले भने, ‘अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रिय सभा खारेज गर्ने प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ।’

नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको पनि उनले बताए। उनले सेना बिनाको राज्य बनाउने प्रश्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए।

‘नेपालको स्थायित्वका तीन पिल्लरहरु थिए, राजसंस्था, सनातन हिन्दु राज्य र नेपाली सेना। जसमध्ये दुई राजसंस्था र सनातन हिन्दु राज्य मासिसके भने अब अहिले आएर नेपाली सेनामाथि आक्रमण भइरहेको छ,’ उनले भने, ‘खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेना बिनाको राज्य बनाउने मोडल प्रस्ताव गरिरहेको छ। यो दुर्भाग्यको कुरा हो।’

नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily