+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकको १२७औँ शाखा जनकपुरकाे मुरलीचोकमा

4KNationalDaily
२०८० श्रावण १२, शुक्रबार १८:४८ बजे

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औँ शाखा उद्घाटन गरेको छ । बैंकले शुक्रवारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रूपमा गरेका छन् ।

बैंकका मधेस प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रूपमा मुरली चोकमा एभरेस्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

यस नयाँ शाखासँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेस प्रदेशमा १४ पुगेको छ । यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily