+
Search

ताजा अपडेट +

पपुलर +

चोरीको मोटरसाइकलसहित पालुङटारका गिरी प्रहरीको नियन्त्रणमा

4KNationalDaily
२०८० श्रावण १३, शनिबार १७:४१ बजे

काठमाडौं– तारकेश्वर नगरपालिका ५ गुम्बाबाट चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा काठमाडौंकै गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका-१, खाेप्लाङका २६ वर्षीय दिनेश गिरी रहेका छन् ।

गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३-०२-०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३-०२-०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो पीडित सहायता ‍इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily