+
Search

ताजा अपडेट +

पपुलर +

नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध, कालिखोलामा लेदो सहितको पहिरो खस्यो

4KNationalDaily
२०८० श्रावण १४, आईतवार ११:३४ बजे

काठमाडौं- नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily