काठमाडौं- प्रभु बैंक लिमिटेड र भिजि इम्पेक्स प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । प्रभु बैंक र भिजि इम्पेक्सबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र भि.जि. इम्पेक्सबिच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स प्रा.लिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया