काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलिम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्।
मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेका ट्याक्सी व्यवसायीसँग उनले सरकार विद्युतीय भेहिकलमा जानेगरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गरे।
‘इलोक्ट्रोनिक भेकलतिर जानेगरी कानुन निर्माणको तयारीमा छौँ, तपाईंहरुले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु’ मन्त्री ज्वालाले भने।
ट्याक्सी व्यवसायीले इम्वोस्ड नम्वर देवनागिरीमा हुनुपर्ने, एसईई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता मागहरु राखेका थिए।
काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरु सञ्चालनमा छन्। इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतीय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरु पनि सकारात्मक रहेका छन्।
मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे।
प्रतिक्रिया