काठमाडौं- स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने पालिकाहरुलाई कारबाही गर्न राष्ट्रिय किताबखाना शिक्षकले सिफारिस गरेको छ ।
कितावखानाले तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने गाेरखाकाे धार्चे गाउँपालिकासहित १६९ पालिकालाई कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
कारवाहि पर्नेमा गण्डकीका ८ वटा गाउँपालिका परेका छन् ।
शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ ।
सोही बमोजिम प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नुपर्ने कितावखानाले जनाएको छ ।
शैक्षिक सत्र ०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने १६९ पालिकाहरुको नाम समावेश गरी प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि मन्त्रालय पठाइएको कामु-उप महानिर्देशकले रामराज खकुरेलले बताए ।
प्रतिक्रिया