+
Search

ताजा अपडेट +

पपुलर +

शहीदको विवरण तीन दिनभित्र प्रमाणित गरी पठाउन गृह मन्त्रालयको सीडीओलाई परिपत्र

4KNationalDaily
२०८० श्रावण १९, शुक्रबार ०९:१२ बजे

काठमाडौं– गृह मन्त्रालयले शहीदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शहीदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा पठाएर उक्त विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, एकिन गरी आवश्यक भए संशोधनसहित प्रमाणित गरेर तीन दिन पठाउन निर्देशन हाे ।

उनका अनुसार थप सहिद छुटेको भए तोकिएको ढाँचामा पठाउन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily