+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकी एक महिला पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ

4KNationalDaily
२०८० श्रावण २६, शुक्रबार १५:३१ बजे

गोरखा- पोर्चुगल पठाईदिन्छु भनी सोह्र लाख रकम ठगी गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-६, बस्ने ५० वर्षीय माया पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी समिर जंग गुरुङबाट सोह्र लाख रुपैयाँ लगेको प्रहरीले जानकारी दिएको छ ।

पोर्चुगलमा कृषि कम्पनीमा मासिक एक लाख तीस हजार भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रकम लगेको पीडितको भनाइ छ ।

रकम लिई सम्पर्क विहीन भएकाले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पीडितले पत्राचार गरेका थिए ।

उक्त कार्यलयबाट खटिएको प्रहरी टोलीले माया पुलामी मगरको खोजतलास गर्ने क्रममा नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily