+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ प्याकिङ र स्वादमा सिग्नेचर व्हिस्की बजारमा

4KNationalDaily
२०८० श्रावण २८, आईतवार १८:४१ बजे

काठमाडौं- नेपाल लिकर्सले नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ सिग्नेचर ब्राण्डका दुई व्हिस्कीलाई बजारमा भित्राएको हो । पाल लिकर्सले सिग्नेचर ब्राण्डका सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा भित्र्याएको हो ।

सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु पनि नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतदेखि नै बिक्री हुँदै आएका छन् ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जसमध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की, सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का, ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन् ।

केही समयअघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो ।

सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध रहेको नेपाल लिकर्सले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily