+
Search

ताजा अपडेट +

पपुलर +

विमानस्थल सुरक्षामा व्यापक हेरफेर गर्ने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्-कार्यदल बन्दै छ

4KNationalDaily
२०८० श्रावण ३१, बुधबार १८:२१ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकमा उनले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्ने बताएका हुन् ।

‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौं। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । नकारात्मक चिजलाई शिक्षाका रूपमा लिएर सोंच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily