+
Search

ताजा अपडेट +

पपुलर +

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक

4KNationalDaily
२०८० भाद्र २, शनिबार ०९:३१ बजे

हेटौँडा– मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरिदिएको छ ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily