+
Search

ताजा अपडेट +

पपुलर +

१ करोड ५० लाख लागतमा निर्माण भयो गोरखा दरौँदी यातायातको भवन, श्रेष्ठले गरे उद्घाटन

4KNationalDaily
२०८० भाद्र ४, सोमबार १३:३१ बजे

गोरखा– गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गोरखा नगरपालिका–९, खोलखोलेमा रहेको नवनिर्मित भवनको एक कार्यक्रममा बिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै श्रेष्ठले गोरखा दरौँदी यातायात सेवा प्रा.लिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले तत्कालीन गोरखा यातायातले स्थापनाको समयदेखि नै निक्कै कठिनाइ र चुनौतीहरू भोगेर अहिलेको अवस्थासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरूको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सबै व्यवसायीहरूलाई अनुरोध गरे ।

‘मैले भन्दै पर्छ गोरखा जिल्लामा तत्कालीन पृथ्वी यातायातको सिन्डिकेटलाई तोडेर आम नागरिकहरूलाई सरल र सहज यातायात सेवा पु¥याउनका लागि संस्थाको स्थापना गरिएको थियो,’ उनले भने ।

यस अघि नै प्रा.लिले आफ्नो नाममा खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रम प्रा.लिका अध्यक्षतामा नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily