काठमाडौं– प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो।
उनको शपथ भोलि (मंगलबार) दिउँसो पौने २ बजे तय भएको छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको थियो।
संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन्।
श्रेष्ठलाई परिषदले नियुक्तिका लागि साउनमा सिफारिस गरेको थियो । उनी ३० औं प्रधानन्यायाधीश हुन् ।
प्रतिक्रिया