+
Search

ताजा अपडेट +

पपुलर +

लोकप्रिय काम गर्दा सरकारमाथि घेराबन्दी गरियो : वर्षमान पुन

4KNationalDaily
२०८० भाद्र ४, सोमबार १९:५० बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सबैखाले घेराबन्दी तोडेर सरकारले लोकप्रिय काम नरोक्ने बताए ।

पार्टी सम्बद्ध पेशागत जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले लोकप्रिय काम गरेकैले सरकारविरुद्ध घेराबन्दी गरिएको बताए । ‘राम्रो काम गर्दा हाम्रो अध्यषले नेतृत्व गर्नु भएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको छ’, पुनले भने ।

प्रतिपक्षी दल मात्रै नभएर कतिपय अवस्थामा सत्तारुढ दलबाटै घेराबन्दी गर्ने काम भइरहेको उनले बताए । ‘राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्रीबाटै घेराबन्दी र अप्ठ्यारोमा पार्ने प्रयास भइरहेको छ’, पुनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily