+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंबाट बेनी जाँदै गरेको बस गजुरीमा दुर्घटना, ८ जनाको मृत्यु, १५ जना घाइते

4KNationalDaily
२०८० भाद्र ६, बुधबार १२:३४ बजे

काठमाडाैं- धादिङको गजुरी गाउँपालिका–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा.लिकाे प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

याे पनि,

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

घटनाबारे विस्तृत विवरण आउँदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily