+
Search

ताजा अपडेट +

पपुलर +

सुन तस्करीमा संलग्न भएको प्रमाणित भए महरा ‘बाबुछोरा’लाई कारबाही हुन्छ : जनार्दन शर्मा

4KNationalDaily
२०८० भाद्र १२, मंगलवार १९:३४ बजे

हेटौंडा– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करसँगको साँठगाँठमा माओवादी नेता कृष्णबहादुर महरा मुछिएको प्रमाणित भएका उनी पनि कारबाहीको भागीदार हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व शर्माले गलत क्रियाकलापमा सहभागी भएका माओवादी नेताहरूलाई उन्मुक्ति नमिल्ने दाबी गरेका छन् ।

सरकारले अनियमितकाको विषयमा गम्भीर भएर काम गरेको बताउँदै उनले अनियमिततामा संलग्न जोसुकै पनि कारबाहीको दायरामा आउने दाबी गरे ।

उनले भने, ‘सुन काण्डको विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ, यदि नाम जोडिएका नेताहरूको प्रमाण प्राप्त भयो भने अवश्य पनि उहाँहरू कारबाहीको दायरमा आइहाल्नू हुन्छ, प्रमाण नपुगी सिधै कारबाही गर्नु पनि त भएन नि ?’

अब अन्य आयोग मात्रले काम गर्न नसक्ने भन्दै विशेष आयोग बनाएर सबै नेताहरूको छानबिन हुन आवश्यक रहेको बताए । राज्यको रूपान्तरणको लागि सबैको छानबिन हुन अति आवश्यक भैसकेको भन्दै उनले सरकार यो काममा लाग्नेमा आफू विश्वस्त भएको बताए ।

सरकारले ललिता निवासदेखि सुन काण्ड समेतको विषयमा गम्भीर भएर कामकारबाही अघि बढाएको बताउँदै उनले भ्रष्ट्राचारमुक्त मुलुक निर्माणको लागि माओवादी नेतृत्व तयार रहेको बताए । आफूले पटक–पटक पार्टी नेतृत्व र सदनमा अनियमितताको विषयलाई कुनै पनि पार्टीको नाउँमा छाडन नमिल्ने सुझाव दिएको भन्दै उपमहासचिव शर्माले माओवादीको अध्यक्षले पनि कुनै गल्ती गरेको अवस्थामा कानुनको दायरामा आउने उल्लेख गरे ।

नेकपा माओवादीका नेताहरू सहर केन्द्रित भए भन्ने जनगुनासो आएको स्किार गर्दै उनले माओवादीले अब जनताको घरघरमा गएर गुनासो सुन्नको लागि तीन महिने अभियान बनाएर पार्टी कार्यक्रमहरू सुरु गरेको बताए । पार्टी अध्यक्ष प्रचण्ड सहित सबै नेताहरू वडा स्तरमा गएर काम गर्ने बताउँदै उनले अब जनताको साथमा माओवादीले गरेको काम र गर्नुपर्ने कुराहरूको बृहत् अन्तरक्रिया गरिने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily