+
Search

ताजा अपडेट +

पपुलर +

टिकटक बन्द गराउन युवराज सफलले दिए निवेदन

4KNationalDaily
२०८० भाद्र १२, मंगलवार १९:३६ बजे
काठमाडौं- मल्टिमिडिया मोबाइल एप टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ।

पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले निवेदन दिएका हुन्।

उनले टिकटक नेपालमा बिना अनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्।

उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चार मन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्।

उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्।

टिकटकमा गेमको नाममा लाखौँ करोडौँको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरूले कुनै राजस्व नतिरेको पनि दाबी गरेका छन्।

त्यसको समेत नियमन गरी विजेताले प्राप्त रकमको निश्चित प्रतिशत कर राज्यको ढुकुटीमा ल्याउन उनले भनेका छन्।

टिकटकको माध्यमबाट गाली गलौज, वेश्यावृत्ति गर्ने, सामाजिक, धार्मिक सद्भाव बिथोली, धार्मिक, जातीय एवम् साम्प्रदायिक हिंसा भड्काउने काम भएकोले व्यवस्थापन नगर्दासम्म बन्द गर्न माग गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily