काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्धरा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया