+
Search

ताजा अपडेट +

पपुलर +

जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा विक्री सुरु

4KNationalDaily
२०८० भाद्र १७, आईतवार १४:४३ बजे

काठमाडौं– इलेक्ट्रिक क्रस ओभर ओरा ०३ को नेपालमा डेलिभरी सुरु भएको छ। जिडब्लुएमले ओरा ०३ को लागि २०८० जेठ ३ मा बुकिङ खुला भएको थियो।

भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीको आधिकारिक वितरक हो। बुकिङ घोषणा गरेदेखि नै रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ।

प्रिमियम लेथरेट सिट,पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियर रहेका छन्।

ओरा ०३मा ४८केडब्लुएचको ब्याट्रीको साथ 400 KMS -NEDC_ को प्रभावशाली ड्राइभिङ रेन्ज रहेको कम्पनीले जानकारी दिएको छ।

सुरक्षाको पक्षमा ANCAP / EURONCAP फाईभ–स्टारप्राप्त गरेको ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरूमध्ये एक रहेको कम्पनीको दाबी छ।

ओरा ०३ मा सीक्स ओमनि डायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यु क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily