काठमाडौं– एनएमबि बैंकले डेबिट कार्डमा १०० क्यासब्याक अफर घोषणा गरेको छ ।
अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा १०० क्यासब्याक पाउनेछन् ।
यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया