+
Search

ताजा अपडेट +

पपुलर +

बालेन्द्रले हटाए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको स्टाटस

4KNationalDaily
२०८० भाद्र १८, सोमबार १२:४६ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।

नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।

याे पनि,

बालेनको सचिवालयको स्पष्टीकरण : पत्नी सवार गाडीलाई ट्राफिकले रोकेर हप्की-दप्की गरे, थुन्ने धम्की दिए

उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।

याे पनि,

सरकारलाई बालेनको धम्की– महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु

बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गरेका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गरेका छैनन् ।

हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।

याे पनि,

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily