+
Search

ताजा अपडेट +

पपुलर +

खेलाडीको प्रोत्साहन गर्न जनकनन्दनी गाउँपालिका अध्यक्षले गरे पुरस्कार घोषणा

4KNationalDaily
२०८० भाद्र १८, सोमबार १५:०९ बजे

जनकपुरधाम– एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपाल-भारतबीचको खेलमा नेपालको तर्फबाट खेलाडीको प्रोत्साहनका लागि धनुषाका एक गाउँपालिका अध्यक्षले पुरस्कारको घोषणा गरेका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले नेपाली खेलाडीको प्रोत्साहनका लागि पुरस्कार घोषणा गरेका हुन् ।

उनले कुनै खेलाडीले अर्धसतक लगाएमा ५० हजार हजार, सतक लगाएमा एक लाख र ह्याट्रिक विकेट लिने बलरलाई ५० हजार रुपैया पुरस्कार दिने घोषणा गरेका छन् ।

अध्यक्ष यादवले विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेका छन् । उनले पुरस्कार व्यक्तिगत तर्फबाट प्रदान गरिने पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily