+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

4KNationalDaily
२०८० भाद्र २१, बिहीबार २१:५० बजे

गोरखा– एभरेष्ट बैंक लिमिटेडले बैंकले गोरखामा आयोजित एक विशेष कार्यक्रमकाबीच मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए।

साथै, यस्ता निःस्वार्थ भावनाले मनै छुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरूसँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरे।

साथै आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरूले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन्।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधीर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दीप खत्री र आश्रमका संयोजक ईश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् भने देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily