काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् ।
शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले संघीय निजामती सेवा ऐन आउन ढिलाइ भएको बताइन् ।
सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसद्मा पठाउने निर्णय भइसकेकाले अब छिटै नै सांसदबाट पारित भई कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् ।
उनले संघीय निजामती सेवा ऐन लागू भइसकेपछि संघीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन् ।
मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।
प्रतिक्रिया