काठमाडौं- नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एडभान्स अटोमोबाईल्स् र सानिमा बैंक बिच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ ।
नजिकिँदै गरेको दसैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ ।
यस सम्झौतामा एडभान्स अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ ।
यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंक मार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरू र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।
यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि ल्याएको छ ।
यो योजना अन्तर्गत रेनोका ग्राहकहरूले ७ लाखसम्मको छुटको साथै इजि फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र वेस्ट भ्यालु एक्सचेन्ज अफर लगायतका लाभ पाउन सक्नेछन् ।
प्रतिक्रिया