+
Search

ताजा अपडेट +

पपुलर +

लक्जेम्बर्गकाे पाेस्टमा रोनाल्डोविना नै पोर्चुगलले गर्‍यो ९ गोल

4KNationalDaily
२०८० भाद्र २६, मंगलवार ०७:५९ बजे

लन्डन– युरो कप छनोटअन्तर्गत सोमबार राती पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोलले हराएको छ।

पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।

रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily