काठमाडौं- डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखि २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ।
सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई हुमन फिटको ५ हजार बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया