+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

4KNationalDaily
२०८० भाद्र २८, बिहीबार १३:२२ बजे

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ ।

बिहिबार चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधीसंगको छलफलमा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

लगानीका लागि हुने नीतिगत कठिनाई अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा कमर्सले पहल समेत गर्ने अध्यक्ष मल्लले बताए

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले भने, ‘नेपाल चीनबीचको सम्वन्ध कुटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपुर्ण छ । पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु, ।’

नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन एवं उत्तरी छिमेकीसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा अध्यक्ष मल्ले जोड दिए ।

‘चीनसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ । भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्छ ।’

‘हेन इन’ लको नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily