+
Search

ताजा अपडेट +

पपुलर +

‘आईएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने

4KNationalDaily
२०८० भाद्र ३०, शनिबार १०:०७ बजे

काठमाडौं– नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।

धरानबासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा ‘आईएमई पे’ले भदौ महिनादेखि सञ्चालनमा ल्याएको हो

यसका साथै ‘आईएमई पे’को “किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने” अफर मार्फत ‘आईएमई पे’का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरी १०० रूपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानबासीलाई लामो समयसम्म लाइनमा बसेर बिल भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गराउने विश्वास गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

‘आईएमई पे’ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily